प्राथमिक बजार सुधारका लागि धितोपत्र बोर्डद्वारा सात सदस्यीय कार्यदल गठन: IPO र बुक बिल्डिङलाई व्यवस्थित बनाइने
नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार (Primary Market) लाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्ता मैत्री बनाउने उद्देश्यले एक उच्चस्तरीय 'प्राथमिक बजार सुधार सहजीकरण कार्यदल' गठन गरेको छ।बोर्डको नियमन विभागका कार्यकारी निर्देशक बिनयदेब आचार्यको संयोजकत्वमा गठित उक्त कार्यदल सात सदस्यीय रहेको छ। कार्यदलमा धितोपत्र बोर्डका तीन जना कर्मचारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (NEPSE) का एक जना प्रतिनिधि, मर्चेण्ट बैंकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को पूँजी बजार समितिका संयोजक सदस्य रहेका छन्। पहिलो बैठक सम्पन्न आर्थिक वर्ष २०८३/८४ को पूँजीबजार नीति अन्तर्गत रहेको 'नियामकीय सुधार' (Regulatory Reform Agenda) कार्यान्वयन गर्ने लक्ष्यका साथ गठित यस कार्यदलको पहिलो बैठक २०८३ साउन १९ गते बोर्डको कार्यालयमा सम्पन्न भएको छ। बैठकमा प्राथमिक बजारको वर्तमान अवस्था र सुधारका सम्भावित क्षेत्रबारे विस्तृत छलफल गरिएको थियो। के-के हुनेछन् कार्यदलका कामहरू? कार्यदलले प्राथमिक बजारसँग सम्बन्धित निम्न विषयवस्तुहरूमा केन्द्रित रहेर काम गर्ने बोर्डले जनाएको छ: धितोपत्रको सार्वजनिक निष्काशन र बुक बिल्डिङ्ग प्रक्रिया। IPO बाँडफाँड (IPO Allocation) र डिजिटल IPO (Digital IPO)। IPO को योग्यता (Eligibility) र मूल्य निर्धारण (Pricing)। मर्चेन्ट बैंकरको भूमिका र ड्यु डेलिजेन्स (Due Diligence)। संस्थागत लगानीकर्ता (Institutional Investors) र एङ्कर इन्भेस्टर्स (Anchor Investors)। निष्काशन पछिको अनुगमन (Post Issue Monitoring)। विज्ञहरूको सहभागिता रहने कार्यदलले आवश्यकता अनुसार अन्य सरोकारवाला निकायका विज्ञहरूलाई पनि आमन्त्रित गर्न सक्ने अधिकार पाएको छ। यसअन्तर्गत नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN), विद्युत नियमन आयोग (ERC), स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (IPPAN), स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (SBAN) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (CDSC) का प्रतिनिधिहरूलाई आवश्यकताका आधारमा छलफलमा सहभागी गराइनेछ। यो कदमले नेपालको पूँजीबजारको प्राथमिक तहमा रहेका नीतिगत र प्रक्रियागत समस्याहरू समाधान हुने र लगानीकर्ताको मनोबल उच्च हुने अपेक्षा गरिएको छ। साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।

Rohan Poudel
Rohan is a Full Stack Developer and the technical architect behind Nepali Share Market. With expertise in React, Node.js, and Machine Learning, he specializes in building scalable financial platforms and automated trading algorithms for the NEPSE ecosystem.
View Full Profile